कोरोनाका कारण त्रिविका सबै परीक्षा स्थगित

खबरपथ संवाददाता
६ माघ २०७८, बिहीबार २१:१२

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन् । बिहीबार बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ ।

आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो। ‘ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् प्राध्यापक समेत संक्रमित भएका छन्,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबार बसेको बैठकबाट हाल त्रिविद्धारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षा माघ ९ गते आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ।’

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*