प्रधानमन्त्री देउवाद्धारा शहिद स्तम्भमा माल्यार्पण

खबरपथ संवाददाता
१६ माघ २०७८, आईतवार १२:०४

काठमाण्डौं । आज देशभर विविध कार्यक्रम गरी शहिद दिवस मनाइँदैछ ।​ आज प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीको लैनचौरस्थित शहिद स्तम्भमा पुगेर शहिदहरुको सम्झनामा माल्यार्पण गर्नुभएको छ। प्रधानमन्त्री देउवासहित गृहमन्त्री बालकृष्ण खाँण, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा लगायतले शहीद स्तम्भमा पुगेर पुष्पगुच्छा अर्पण गर्नु भएको थियो ।

प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*