पेट्रोलियम पदार्थको मूल्यमा फेरी बृद्धि

खबरपथ संवाददाता
१९ फाल्गुन २०७८, बिहीबार २२:००

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा फेरी बृद्धि भएको छ । नेपाल आयल निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

बढेको मूल्य संगै अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजल र मटितेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर भएको छ ।

खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकै पटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ६६५.३४ रुपैयाँ घाटा भइरहे पनि नबढाउने निर्णय लिएको छ । हवाई इन्धनको मूल्य पनि समायोजन भएको छ ।

यो मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा २ अर्ब ५० करोड घाटा हुने बताएको छ । फागुनसम्म मात्रै निगमलाई २८ अर्ब नोक्सानी हुने देखिएको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*