कांग्रेस सिद्धार्थनगरका मेयर आकाक्षींको प्रतिबद्धता : टिकट जसले पाएपनि सहयोग गर्ने

खबरपथ संवाददाता
२६ चैत्र २०७८, शनिबार १८:०२

भैरहवा । नेपाली काग्रेंस सिद्धार्थनगर नगरापलीकाका मेयर पदका आकाक्षींहरुले टिकट जसले पाए पनि एक अर्कालाई सहयोग गरी हातेमाले गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेस सिद्धार्थनगरले आयोजना गरेको कार्यक्रममा बोल्दै मेयरका आकाक्षींहरुले सवै जना मेयरको लागी योग्य रहेको भन्दै सवैले टिकट पाउन नसक्ने बाध्यतालाई मध्य नजर गर्दै कांग्रेस र गठबन्धनलाई जिताउन लागी पर्ने बताए । मेयर पदमा काग्रेंसबाट सात जना आकाक्षीं छन् । ति मध्ये महासमिती सदस्य दिपक क्षेत्री न्यौपानेले स्वास्थ्य समस्याका कारण आफुु मेयरबाट आफ्नो दावी निकाल्दै टिकट पाउनेलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
मेयर पदका आकाक्षीं एवं सविधान सभा सदस्य ईस्तियाक अहमदखानले सवै जना मेयरको लागी योग्य हुदाहुदै पनि एक जनाले मात्र टिकट पाउने बाध्यता आफुुले बुुझेको र जसले टिकट पाए पनि आफ्नो तर्फबाट कुुनै कसुुर नराखी बिजयी गराउन लागी पर्ने बताए । क्षेत्रिय सभापति एवं मेयरपदकाआकाक्षीं शुुसिल गुुरुङ्गले कांग्रेस र गठबन्धनलाई जिताउन मिलेर जानुुको बिकल्प नरहेको भन्दै पार्टीले आकाक्षीं मध्ये जसलाई टिकट दिए पनि आफुुले सहयोग गर्ने बताए ।

त्यस्तै प्रदेश सभा ३ (क) का सभापति एवं मेयरपदका आकाक्षीं सुुरेन्द्र जगं थापा ले पनि आकाक्षींहरु सवै बलीया र योग्य रहेको भन्दै टिकट जसले लिए पनिआफुुहरु बिच मनमुुटाव नहुुने बताए । महासमिती सदस्य एवं मेयर पदका उम्मेदवार महेन्द्र कुुमार श्रेष्ठले पनि एकले अर्कालाई सम्मान गर्दै अगाडी बढेको अवस्थामा पछि पनि कुुनै समस्यान आउने र पार्टीले गरेको निर्णयलाई सहयोग गर्ने बताए । निवर्तमान क्षेत्रीय सभापति एवं मेयरपदका आकाक्षीं मातृका प्रशाद यादवले पनि आफुु पार्टीको ईमान्दार सिपाई भएको भन्दै पार्टीको निर्णयलाई सिरोधारण गर्नुुको बिकल्प कसैसगं पनि नरहेको बताए । त्यस्तै पुुर्व जिल्ला उपसभा पतिएवं मेयर पदका आकाक्षीं बिजय सर्माले टिकट आफुुले नपाएको खण्डमा पनि जसले टिकट पाउछ उसलाई जिताउन आफ्नो तर्फबाट कुुनै कसुुर नराख्ने बताए । नगरसभापति कोशिस बहादुुर खड्काले आकाक्षींहरु सवै योग्य र पार्टी प्रति बफादार रहेको औल्याउदै एक अर्कालाई सहयोग गर्ने प्रतिबद्धा सराहर्नीय रहेको बताए । सचिव अनिल केसीको सचांलनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*