सुनको मूल्यमा तोलामा ८ सय रुपैयाँले बृद्धि
खबरपथ संवाददाता
२७ चैत्र २०७८, आईतवार १२:३९
काठमाडौं । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ तोकिएको छ । गत शुक्रबार प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा छापावाल, ९९ हजार रुपैयाँ तेजावी सुन तथा १३ सय ५५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।



















