राप्रपाबाट बुटवलको मेयर उमेद्धवार मृगेन्द्र कुमार शेरचन
खबरपथ संवाददाता
८ बैशाख २०७९, बिहीबार १८:४५
बुटवल। राष्ट्रिय प्रजातन्त्र पार्टीले बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र कुमार शेरचनलाई उम्मेदवारी घोषणा गरेको छ ।
बिहीबार बुटवलमा आयोजित आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनलाई उपमहानगरपालिकाको मेयरको उम्मेदवार घोषणा गरेका थिए ।
त्यसै गरी सिद्धार्थनगर नगरपालिकामा सागर प्रताप राणा मेयरको उम्मेदवारी घोषणा गरेका थिए । उनी राप्रपाको पूर्व नगर अध्यक्ष हुन् ।



















