कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

खबरपथ संवाददाता
९ जेष्ठ २०७९, सोमबार १०:५६

कपिलवस्तु ।कपिलवस्तुको कृष्णनगर नगरपालिका–११ सौनहवामा आइतबार बेलुकी दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् ।

कृष्णनगरबाट चन्द्रौटातर्फ जाँदै गरेको लु ७५ प ४१३ नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउँदै गरेको तीन जना सवार लु ८ प १५०२ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका १५०२ नम्बरको मोटरसाइकल चालक कृष्णनगर नगरपालिका–१० बकौलीका २२ वर्षीय राजेशलाल चौरसियाको उपचारका क्रममा शिवराज अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका अर्को मोटरसाइकल चालक सहित चार जनाको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*