सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

खबरपथ संवाददाता
११ जेष्ठ २०७९, बुधबार १०:५८

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गएराती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ ।

काँकरभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गएराती १ बजे पैदल हिडिरहेकी महिलालाई ठक्कर दिएको थियो ।

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*