बाँकेमा ट्रकको ठक्करबाट अटो चालकको मृत्यु

खबरपथ संवाददाता
११ जेष्ठ २०७९, बुधबार १८:२१

बाँके ।बाँकेको कोहलपुर नगरपालिका–११ पिपलचौतारामा आज ट्रकको ठक्करबाट अटो चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१३ का २९ वर्षिय राम सेवक थारु रहेका छन् ।

दुर्घटनामा गम्भिर घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।

भे १ स ४९४१ नम्बरको अटोलाई भारतीय नम्बर प्लेटको ट्रकले आज दिउँसो पौने १ बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*