संसदमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पेस, मृत्युदण्डको व्यवस्था संविधानविपरीत : मन्त्री कोइराला

खबरपथ संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार १६:४२

काठमाडौं । ससदमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन् ।

सो विधेयक पेस गर्ने क्रममा मन्त्री शर्माले यौन हिंसाका पीडकलाई मृत्युदण्ड दिने व्यवस्थाको माग भए पनि यो संविधानविपरीत हुने भएकाले मृत्युदण्डको कानुन बनाउन नसकिने बताए ।

यस अघि शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ ऋण तथा जमानत (पच्चीसौं संशोधन)  विधेयक २०७९ पेस गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*