जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण

खबरपथ संवाददाता
२५ जेष्ठ २०७९, बुधबार १४:३१

रसुवा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला आपतकालीन सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा भएको विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा केन्द्रलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो।

केन्द्रको सुदृढीकरणका लागि सामग्री खरिद गरेर हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ। केन्द्रलाई ४१ इन्चको स्मार्ट टेलिभजन, डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, पावर ब्याकप सिष्टम र भिस्याट फोन सेट हस्तान्तरण गरिएको हो।

मन्त्रालयले रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा बागमती प्रदेशमा विपदको अवस्था, हालसम्म भएका कार्य, आगामी दिनका योजनालगायतका बारेमा छलफल भएको थियो।

साथै जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले जिल्लाको विपदको अवस्था, सुरक्षा निकायले गरेका कार्यलगायतका बारेमा जानकारी गराएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*