शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा
खबरपथ संवाददाता
३१ आश्विन २०७९, सोमबार १६:५२
काठमाडौं । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा भोलि कात्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी भोलि कात्तिक १ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।



















