नेपाल चीन सीमा क्षेत्रमा ५.९ म्याग्निच्यूडको भूकम्प
खबरपथ संवाददाता
२ कार्तिक २०७९, बुधबार १६:५९
काठमाडौं । नेपाल चीन सीमा क्षेत्रमा दिउँसो ५.९ म्याग्निच्यूडको भूकम्प गएको छ । बुधबार सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा भूकम्पको झड्का महसुश गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर ७ मिनेटमा भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्प मापन गरिएको जनाएको छ ।



















