संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई लुम्बिनीमा स्वागत

खबरपथ संवाददाता
५ कार्तिक २०७९, शनिबार २१:०६

लुम्बिनी । लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई शनिबार लुम्बिनीमा स्वागत गरेको छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकारी राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेको हो ।

संयुक्त राष्ट्र संघ महासचिवका पूर्व सैनिक सल्लाहकार ह्यूज रसेन (रिटायर्ड), संयुक्त राष्ट्र संघमा कार्यरत सहसैनिक सल्लाहकार मिस्टर ओलीभर यूलिच, मिस्टर एड्म क्रिष्टोफर स्मीथ, बगांलादेशी सैनिक अधिकृत रिजोल कभियत, इन्डोनेशियन सेनाका कर्नेल अजवान एडविप सहितको टोली लुम्बिनी आएको हो ।

त्यसैगरि टोलीमा शान्ति कार्य निर्देशनालयका सहनिर्देशक अशोक चन्द, प्रमुख सेनानी जनककुमार बस्नेत, प्रमुख सेनानी डा. उत्सव मोहसिंह, गरुणदल गणका गणपती प्रमुख सेनानी दिपेन्द्र न्यौपाने र मध्यपश्चिम प्रितना हेडक्वाटर बुटवलका सहायक रथी किरण केसी पनि टोलीमा सरिक भएका थिए ।

लुम्बिनी आएका सैनिक टोलीलाई जनसम्पर्क अधिकृत राईले लुम्बिनीको इतिहास, पुरातात्व, बौद्धदर्शनको महत्वका बारेमा प्रकाश पारेका थिए । सैनिक टोलीले मायादेवी मन्दिरको दर्शनसँगै शान्ति स्तुपा र विहार क्षेत्रको अवलोकन गरेको थियो । २४ अक्टोबर अर्थात संयुक्त राष्ट्र संघ दिवसका अवसरमा नेपाली सेनाको आयोजनामा सेमिनारका सन्दर्भमा नेपाल आएका राष्ट्र संघमा कार्यरत सैनिक टोली र विश्व शान्तिका लागि खटिएका देशका सैनिकहरु लुम्बिनी भ्रमणमा आएका हुन ।

विश्वमा शान्तिका लागि काम गर्ने संयुक्त राष्ट्र संघ र त्यहाँ कार्यरत सैनिकहरुलाई विश्वशान्तिको मुहान लुम्बिनीमा स्वागत गर्न पाउदा खुशी लागेको जनसम्पर्क अधिकृत राईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*