बुद्धजन्मस्थलका पुरातात्विक अवशेषको दीगो संरक्षणबारे छलफल

खबरपथ संवाददाता
८ मंसिर २०७९, बिहीबार १९:४३

लुम्बिनी । लुम्बिनीभित्र रहेको बुद्धजन्मस्थलका पुरातात्विक अवशेषहरुको संरक्षणका लागि विज्ञहरुविच छलफल गरिएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोको आयोजनामा एक दिने पुरातात्वविज्ञहरुसँग छलफल गरिएको हो ।

मायादेवी मन्दिर, बुद्धजन्मस्थल क्षेत्रमा रहेका मार्कन स्टोन, अशोक स्तम्भ, बुद्ध जन्मेको स्थलका पुरातात्विक अवशेषहरुको अवस्था र दीगो संरक्षणको योजनाका बारेमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिृकत ज्ञानिन राईले जानकारी दिए । उनका अनुसार मायादेवी मन्दिर र बुद्धजन्मस्थलको संरक्षणबारे विज्ञहरुले महत्वपूर्ण सुझाव सहितको प्रस्तुती राखेका छन् ।

उक्त अवसरमा जावरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर नमन पी आउजा, संरक्षण विज्ञ मुसि, दुर्हम विश्व विद्यालय बेलायतका पुरातात्व सल्लाहकार प्रोफेसर रविन कनिङघमले प्रस्तुती राखेका थिए । छलफलमा बिषयबस्तुमाथि विश्व सम्पदाका विज्ञ काई वेइस, विज्ञहरु प्राध्यापक प्रेमनाथ मास्के, विज्ञ डा। विजयमान शाक्य, यूनेस्को नेपालका प्रतिनिधि मिचल कार्फटले टिप्पणी गरेका थिए ।

मायादेवी मन्दिर र बुद्धजन्मस्थलमा केहि बर्षदेखि पुरातात्व अवशेष संरक्षणमा चुनौती थपिएकालेयो छलफल गरिएको लुम्बिनी विकास कोषले जनाएको छ । उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी ९भिक्षु मैत्तय०, सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश सुरेश श्रेष्ठ, पुरातात्व विभागका महानिर्देशन दामोदर गौतमले लुम्बिनीका पुरातात्वहरुको संरक्षणमा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

विज्ञ सहितको प्राविधिक पक्षबारे गरिएको उक्त छलफलपछि मायादेवी मन्दिर र बुद्ध जन्मथस्ल क्षेत्रको भग्नावेष पुरातात्वको संरक्षणको नयाँ योजना बन्ने लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*