आज ग्याल्पो ल्होछार पर्व मनाइँदै, सार्वजनिक बिदा

खबरपथ संवाददाता
९ फाल्गुन २०७९, मंगलवार ०७:५६

काठमाडौँ । आज शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । सरकारले ग्याल्बो ल्होछारको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाईने यस पर्व नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५० औँ ग्याल्पो ल्होछार आज मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*