नारायणगढ- मुग्लिन सडक सञ्चालन

खबरपथ संवाददाता
१८ असार २०८०, सोमबार १२:५८

चितवन । नारायणगढ- मुग्लिन सडक पुन: सञ्चालनमा आएको छ । बर्खा लागेसँगै पटकपटक अवरुद्ध हुने गरेको सडकखण्ड दुईतर्फी रुपमा सञ्चालनमा आएको हो ।

आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियो । सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

सडक पहिरोले पटक-पटक अवरुद्ध हुँदा सयौं सवारी साधनसँगै यात्रुहरु घण्टौं जाममा परेर समस्यामा परेका छन् । पहिरो झरिरहेको बेला यात्रा असुरक्षित हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*