रुपन्देही उद्योग संघमा कांग्रेस-एमाले निकट प्यानल विजयी
बुटवल । रुपन्देही उद्योग संघको २३ औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा नेपाली काँग्रेस-नेकपा (एमाले) निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको छ । सोमबार सम्पन्न संघको निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन् ।
सोमबार राती सम्पन्न अन्तिम मत परिणाम अनुसार उनले ४०१ मत प्राप्त गरी विजयी भएका छन् । अर्का प्रत्यासी माया खनालले २८६ मत प्राप्त गरिन् ।
यसैगरी कोषाध्यक्ष पदमा युवराज आचार्यले ३७८ मत प्राप्त गरी विजयी हुँदा अकौ प्रतिस्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत प्राप्त गरे । सचिवमा सुमन बस्यालले ३९६ मत प्राप्त गरी विजयी भएका छन भने उनका प्रतिस्पर्धी कमल ज्ञवालीले २९१ मत प्राप्त गरे । त्यस्तै सह कोषध्यक्ष पदमा विशाल बेलबासेले ४२५ मत प्राप्त गरी विजयी हुँदा प्रेम बहादुर आलेले २६८ मत प्राप्त गरे । महिला सदस्यमा (२ जना) मिना थापा तुलाधर (४८९ मत) र सारदा भट्टराई (४५७ मत) विजयी हुँदा सारदा पहारीले २६२ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ ।
खुला सदस्यतर्फ कृष्ण प्रसाद पोखरेल (४८३), नारायण प्रसाद खनाल (४९२), मोहनिलाल रिजा (४३१), बलबहकादुर गोदार (४१५), अभिषेख गुप्ता (४२०), किरण खरेल (४८९), चक्रपाणी तिवारी (३७३) र अशोक कुँवर (४८०) निर्वाचित भएका छन् । पदाधिकारी तथा सदस्य सबै पदमा काँग्रेस-एमाले प्यानलका उम्मेदवार विजयी भएका हुन् ।
प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु तुलबहादुर सारु (३५३), लालबहादुर थापा (३२०), नेत्रबहादुर रुचाल (२७३) र मोहन प्रसाद भट्टराईले ३१९ मत प्राप्त गरे ।
संघको अध्यक्ष पदमा दिलिप सापकोटा, वरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल यस अघि नै निर्विरोध निर्वाचित भएका छन् ।
काफ्ले र भुसाल कांग्रेस निकट हुन् भने बांकी एमाले निकट हुन् । यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधव प्रसाद नेपाल, संस्थागत सदस्यमा गोबिन्द प्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लाल प्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेश प्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउंपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका छन् ।



















