आज तेस्रो दिन बिहीबार पनि दसैंको टीका र जमरा लगाइँदै

खबरपथ संवाददाता
९ कार्तिक २०८०, बिहीबार ११:५४

काठमाडौं । आज तेस्रो दिन बिहीबार पनि दसैंको टीका र जमरा टीका र जमरा लगाइँदै छ । दसैंको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाहरूले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका,जमरा र आर्शिवाद लिन जाने गर्छन्। कतैकतै विजया दशमीकै दिनबाट दसैं सकिने गर्छ।

सरकारी कार्यालहरू बिहीबारसम्म बन्द रहेका छन्। मंगलबारदेखि पूर्णिमासम्म मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा टीकाका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैं सुरू भएको हो। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो दसैं पर्व समाप्त हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*