रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट लाखौंको क्षति

खबरपथ संवाददाता
११ बैशाख २०८१, मंगलवार २०:५५

रौतहट । रौतहटको देवाहि गोनाही १ करुनिया स्थित मंगलवार अपरान्ह भएको आगलागी बाट ७ वटा घर जलेर लाखौंको क्षती भएको छ ।

बिद्युतको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागी बाट स्थानिय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी,ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी, र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो। आगलागी बाट घरमा रहेको अन्नपात,लत्ताकपडा ,भाडा वर्तन, नगद, सहित घरहरु जलेर पुर्ण रुपमा नष्ट भएर कुल १६ लाख ९० हजार बराबरको क्षती भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।

सशस्त्र प्रहरी सुरक्षा बेश देवाहीबाट सई कृष्ण नन्दन राय यादबको कमाण्डमा खटिएको ९  जना, ईलाका प्रहरी कार्यालय देवाही गोनाही बाट इन्स्पेक्टर कुशाराम कार्कीको कमाण्डमा गएको १० जनाको टोली गौर नगरपालिका बाट गएको दमकल र स्थानिबासीहरुको सहयोगमा करीब ५ बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*