आगामी आईतवार परराष्ट्र मन्त्री चीन जाने

खबरपथ संवाददाता
२६ जेष्ठ २०८३, मंगलवार ०८:१८

काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने भएका छन् ।

परराष्ट्रमन्त्री खनालले आगामी जुन १४–१७ सम्मको चार दिने चीनको भ्रमणमा निस्कने तय भएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी आगामी आईतवार चीन जान लागेका हुन् ।

पराराष्ट्र मन्त्री खनाल निकटका अनुसार चीन भ्रमणमा उनले चीनका विदेशमन्त्री वाङ यी  र चिनिया कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम तय भईसकेको छ । यो भ्रमणको औपचारिक घोषणा हुन बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*