संसदमा आज पनि विपक्षीको विरोध जारी

खबरपथ संवाददाता
२६ जेष्ठ २०८३, मंगलवार १३:४७

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज पनि विपक्षी दलहरुले विरोध गरिरहेका छन् ।

आजको प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरुले उठेर विरोध जनाएका हुन् ।

सभामुख डीपी अर्यालले बैठक सुरु गरे लगतै पछि विपक्षी दलका सांसदहरुले उठेर बिरोध जनाएका छन ।

त्यसपछि सभामुख अर्यालले एमाले सांसद क्षितिज थेबेलाई बोल्न दिएका थिए । तर, सांसद थेबेले प्रधामन्त्री वालेन्द्र शाह ले संसदमा दिएको सिमा सबन्धी बिबादस्पद अभिव्यक्तिको जवाफ नदिएसम्म संसद अवरोध गर्ने जानकारी दिए ।

प्रधानमन्त्री बालेनले संसदमा सम्बोधन गर्ने क्रममा भूमिका विषयमा विवादित अभिव्यक्ति दिएका थिए । त्यसबारे प्रधानमन्त्रीले नै जवाफ दिएपछि मात्रै संसद चल्न दिने विपक्षीले अडान राखिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*