नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौमा गर्ने

खबरपथ संवाददाता
७ फाल्गुन २०७७, शुक्रबार ०७:४३

काठमाण्डौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौमा गर्ने निर्णय गरेको छ। पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

यसअघि फागुन ७ देखि महाधिवेशन गर्ने कार्यतालिका थियो। उक्त मितिमा महाधिवेशन संभव नभएपछि कांग्रेसले नयाँ मिति तय गरेको हो ।

सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल छ महिना थप भएको छ। कांग्रेसको विधानमा चार वर्षमा महाधिवेशन हुनुपर्ने व्यवस्था छ।

विशेष परिस्थितिमा एक वर्ष थप गर्न विधानले छेक्दैन। तर उक्त समय सकेको अवस्थामा विधानमा छ महिना थप गर्न संविधानले दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*