स्टार्ट एटीन स्टार्स टिमले मनायो स्थापना दिवस

खबरपथ संवाददाता
८ असार २०७६, आईतवार १२:४३

बुटवल। नेपाल रक्तादाता स्वंमसेवी समाजको भातृ संगठन स्टार्ट एटिन स्टार्सस् टिमले शनिवार बुटवलमा आफ्नो स्थापना दिवस मनाएको छ ।

स्थापना दिवसको अवसरमा वोल्दै नेपाल स्वयसेवी रक्तदाता समाजका केन्द्रिय उपाध्यक्ष धुर्व थपलियाले रक्तदान महादान भएकाले सवैले रक्तदानमा सरिक भई मानव सेवामा लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा सो संस्थालाई योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । साथै उक्त स्थापना समारोहमा नयाँ कार्यसमिति पनि चयन गरिएको छ । जसमा अध्यक्षमा केशव पराजुली, उपादक्ष्यमा तस्विर भण्डारी , अस्मिता श्रेष्ठ , सचिबमा आस्था खत्री , स- सचिबमा गणेश बस्याल कोसादक्ष्यमा अशिम आचार्य , स- कोषादक्ष्यमा मेगा बराल , पीआरएममा संदेश लम्साल चयन भएका छन्।

कार्यसमितिको सदस्यमा मुना छन्त्याल मगर, नविना थापा मगर ,सौरभ रिजाल ,पुजा सिलवाल चयन भएका छन्। त्यसै गरि नेपाल स्वमसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य तथा रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले स्टार्ट एटीन टिमले छोटो समयमै विभिन्न सामाजिक काम गर्दै समाज छुट्टै पहिचान दिएकोमा खुशी प्रकट गर्दै नयाँ कार्यसमितिलाई बधाई दिएका थिए ।

कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष युवराज बन्जाडेले आफ्नो कार्यकालमा भएका विभिन्न कामहरुको समिक्षा गर्दै नव कार्य समितिले अझै सशक्त ढंगले काम गर्दै जानेमा आफु बिस्वस्त रहेको बताएका थिए । १७ पुरा भएर १८ वर्ष पुग्दै गरेका युवायुवतीहरुलाई आफ्नो जन्मदिनमा रक्तदान गरेर जन्मदिन मनाउ भन्ने अभिप्रायले रक्तदान जस्तो पुण्य कार्यमा अग्रसर हुनुपर्ने संस्थाका अध्यक्ष केशव पराजुलीले जोड दिए ।

संस्थाका अध्यक्ष केशव पराजुलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल स्वमसेवी रक्तदाता समाजका केन्द्रिय उपाध्यक्ष धुर्व थपलिया , विशिस्त अतिथि नेपाल स्वमसेवी रक्तदाता समाजका केन्द्रिय सदस्य तथा रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, टिमका निवर्तमान अध्यक्ष युबराज बन्जाडे , अतिथिमा नेपाल स्वंमसेवी रक्तदाता समाज रुपन्देहीका कोषाध्यक्ष , स्टार्ट एटीन स्टार्स टिमकि कास्की शाखाकी महासचिब अकृजा पोख्रेल लगायतको सहभागिता रहेको थियो। कार्यक्रम संचालन टिमकी सदस्य मनिषा न्यौपानेको रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*