एसईनतिजामा कालिका मानवज्ञान सामुदायीकमा लुम्बिनी प्रदेश प्रथम

खबरपथ संवाददाता
३० बैशाख २०८३, बुधबार १२:५३

बुटवल । कालिका मानवज्ञान मावि लुम्बिनी प्रदेशमा प्रथम भएको छ । मंगलबार साझा राष्ट्रिय परीक्षा बोर्डबाट प्रकाशन भएको एसईपरीक्षाको नतिजामा  सामुदायीक विद्यालय तर्फ कालिका मानवज्ञान मावि बाट ४ जीपीए ल्याउने विद्यार्थीको संख्या नेपालभरबाट दोस्रो र लुम्बिनी प्रदेशमा  प्रथम भएको हो । विद्यार्थीबाट सहभागी मध्ये ६  जनाले ४ जिपीए ल्याएका छन् ।  विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार जुन संख्या लुम्बिनी प्रदेशमा सामुदायीक विद्यालयतर्फ सबैभन्दा प्रथम हो भने नेपालमै नारायणी मावि पछि दोस्रो स्थान  कालिका मानवज्ञान मावि रहेको छ ।

बुटवल उपमहानरपालिका वडा नम्बर १० कालिका नगरमा रहेको कालिका मानवज्ञानका विद्यार्थी स्वता लम्साल, रोशनी भट्राई, प्रतिमा भट्राई, लविज खनाल, सुयोग सापकोटा र अमिस ज्ञवालीले ४ जीपीए ल्याएका हुन ।

राष्ट्रिय परीक्षा बोर्ड बाट प्रकाशित माध्यमिक शिक्षा परीक्षा २०८२ मा ३.६ देखि ३.९८ जिपीए ल्याउने विद्यार्थी संख्या १५८ जना रहेका छन् । विद्यालयका प्रधानाध्यापक दिनेश थापाका अनुसार ३.२  देखि ३.५९ जिपीए ल्याउने विद्यार्थी संख्या १  सय ८७ जना रहेका छन् । भने विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थी १ सय ३२ जनाले २.८ देखि ३.१९ जीपीए ल्याएका छन् । यस्तै  ३४ जनाले २.४ देखि २.७९ जिपीए ल्याएका  छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*