रास्वपाका पदाधिकारी छान्न मतदान सुरु

खबरपथ संवाददाता
१२ असार २०८३, शुक्रबार १३:३८

काठमाडौं । ‍रास्वपाको पदाधिकारी छान्न मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा पदाधिकारीका लागि दोस्रो चरणमा निर्वाचन सुरु भएको हो ।

रास्वपाको सभापतिमा यसअघि नै रवि लामिछाने निर्विरोध भइसकेका छन् । अन्य पदमा भने आज निर्वाचन हुँदैछ ।

त्यस्तै उपसभापतिमा पुरुषतर्फ डा स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन् । उपसभापति महिला तर्फ भने सोविता गौतम र तोसिमा कार्की भिडिरहेका छन्। महामन्त्रीमा विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल मैदानमा छन् ।

सहमहामन्त्री पुरुषका लागि प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त चुनावी मैदानमा छन् ।

महिला सहमहामन्त्रीमा विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मालगायतले उम्मेदवारी दिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*