रास्वपा सभापतिमा रवि लामिछाने निर्बिरोध निर्वाचित

खबरपथ संवाददाता
१० असार २०८३, बुधबार ०८:२४

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको भावीको सभापतिका रूपमा पुनः रवि लामिछाने आएका छन् ।

हिजो साँझ भएको उम्मेदवारी दर्तामा पार्टी सभापतिमा अन्यको उम्मेदवारी नपरे पछि लामिछाने निर्विरोध निर्वाचित भएका हुन ।

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाहको प्रस्ताव र ५१ जना सदस्यहरूको समर्थनमा लामिछाने निर्विरोध निर्वाचित भएका हुन । उनका अनुसार सभापतिमा अन्य कसैको उम्मेदवारी परेको थिएन ।

‘५१ जना केन्द्रीय समिति, सांसद र सचिवालय सदस्य सबैले समर्थन गरेर उहाँ निर्विरोध निर्वाचित भइसक्नुभएको छ,’ केसीले भने । यद्यपि उम्मेदवारी दर्ताको समय भने बाँकी छ । यद्यपि सभापतिमा अन्य उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध निर्वाचित भएको उनले बताए ।

केन्द्रीय समिति सदस्यका लागि भने आज बिहान ९ बजेबाट मतदान सुरु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*