बिष्णु पौडेललाई सरकारी वकिलकाे कार्यालय लगियो

खबरपथ संवाददाता
९ असार २०८३, मंगलवार १५:४९

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सरकारी वकिलको कार्यालय ल्याइएको छ ।

हिजो सुर्खेतमा पक्राउ परेका पौडेललाई सम्पत्ति शुद्दीकरण बिभाग हुदैँ अहिले  माइतीघर स्थित विशेष सरकारी वकिलको कार्यालयमा ल्याइएको हो ।

सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप प्रयोजनार्थ पेस गर्नुपर्ने कानुनी प्रावधान छ। सम्भवतः आजै अदालतमा उपस्थित गराइनेछ ।

पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पार्टीको कार्यक्रम जारी रहेको बेला पक्राउ परेका थिए । उनलाई माइक्रोबसमा हालेर आज अपरान्ह  काठमाडौँ ल्याइएको हो  ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*