रास्वपाका बन्द सत्र दिउँसो २ बजेवाट सुरू हुने

खबरपथ संवाददाता
९ असार २०८३, मंगलवार १२:४३

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्द सत्र दिउँसो २ बजेवाट सुरू भएको छ ।

तीन देखी चितवनमा जारी महाधिवेशनमा बन्द सत्रको नयाँ कार्यतालिका अनुसार २ बजेवाट बन्द सत्र सुरू हुन लागेको हो ।

हिजो बिहान नै सुरू गर्ने कार्यतालिका भए पनि प्रतिनिधि चयन तथा छनौटमा समस्या देखिए पछि सम्भव हुन सकेको थिए । तर, आज बिहान प्रतिनिधि छनौटको बिषय लगभग टुंगोमा पुगे पछि दिउँसो २ बजेवाट बन्द सत्र सुरू गर्ने गरी नयाँ कार्यतालिका सार्बजनिक गरिएको हो ।

बन्दसत्रमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिबेदन, महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठानिक प्रतिवेदन , उपसभापति स्वर्णिम वाग्लेले अर्थ–राजनीतिक प्रतिबेदन, कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गरिदैँछ ।

आजै साँझ ६ः ४५ बजेबाट नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*