बगनासकालीमा प्रशासकीय अधिकृत घिमिरेको विदाइपछि घर्तीको स्वागत

भोजराज भट्टराई
१४ श्रावण २०७८, बिहीबार २२:३४

पाल्पा । बगनासकाली गाउँपालिकामा प्रशासकीय अधिकृत सुरेश घिमिरेको विदाइपछि नयाँ प्रशासकीय अधिकृत विष्णु घर्तीले जिम्मेवारी सम्हाल्नु भएको छ । यस अघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश घिमिरे प्रधानमन्त्रीको कार्यालयमा सरुवा भई गएपछि गुल्मीको इस्मा गाउँपालिकाबाट सरुवा भई नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा विष्णु घर्ति आउनु भएको छ । सोमबार घिमिरेको बिदाई र विहिबार घर्तीको सम्मानमा गाउँपालिकाले कार्यक्रम आयोजना गरेको हो ।

घिमिरेको विदाइ कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले प्रमुख प्रशासकीय अधिकृतको काम गर्ने शैलीको प्रसंसा गर्दै छोटो समयमै धेरै महत्वपूर्ण कार्यसम्पादन गरेकोमा बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उपाध्यक्ष सरस्वती चिदी दर्लामी, शिक्षा शाखा प्रमुख गुनाराम खनालले बगनासकालीमा जस्तै नयाँ कार्यक्षेत्रका थप सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत घिमिरेले गाउँपालिकामा आउँदा जनप्रतिनिधि र कर्मचारीको समन्वयले आफूलाई थप परिपक्व बनाएको भन्दै सवैको समान सहयोग मिलेको कारण कार्यसम्पादनका क्रममा कुनै गुनासो गर्नुपर्ने अवस्था नआएको बताउनुभयो । सोही अवसरमा रुपन्देही सरुवा भएका खानेपानी टेक्निसियन अमित लोहागुनले बगनासकाली गाउँपलिकामा सुगम र सहज भएको पालिकाप्रतिको सहकार्यमा आफू जहाँ रहेपनि तयार रहने विश्वास दिलाउनुभयो ।

सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत घिमिरे र खानेपानी टेक्नीसियन लोहागुनलाई मायाको चिनो सहित विदाइ गरिएको थियो । गाउँपालिका प्रवक्ता, वडाध्यक्ष, कार्यपालिकाका सदस्य, न्यायिक समिति सदस्य, गाउँपालिकाका कर्मचारीको उपस्थितिमा भएको विदाइ कार्यक्रमको सञ्चालन एम.आइ.एस. अपरेटर भोजराज भट्टराइले गर्नुभएको थियो ।

यसैबीच बिहिबार नयाँ प्रमुख प्रशासकीय अधिकतृ विष्णु घर्तीलाई गाउँपालिकामा स्वागत गरिएको छ । गुल्मीको इस्मा गाउँपालिकाबाट आउनुभएका घर्तीलाई गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल र उपाध्यक्ष सरस्वती चिदीले पाल्पाली टोपी, खादा, अविर र फूलसहित स्वागत गर्नुभयो । सो अवसरमा बोल्दै अध्यक्ष बस्यालले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सवै जनप्रतिनिधिले कार्यसम्पादनमा सहज वातावरण बनाउने विश्वास दिलाउनुभयो । उहाँले बगनासकाली सुगम र धार्मिक पर्यटनको सम्भावना भएको पालिका भएकोले जनप्रतिनिधि र कर्मचारीको सहकार्यबाट मात्र गाउँपालिकाको सवैखालको विकास सम्भव हुनेमा जोड दिनुभयो ।

भर्खरै जिम्मेवारी सम्हालेका प्रमुख प्रशासकीय अधिकृत घर्तीले आफूले आफ्नो अनुभव र क्षमतालाई सरकारको म्याण्डेट अनुसार गाउँपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले कार्यसम्पादन समुहमा सहज हुने भन्दै कर्मचारी र जनप्रतिनिधिहरूबीच निरन्तर सहयोग अनुभव आदानप्रदान हुनुपर्नेमा बताउनुभयो । सो अवसरमा बाल्दै कर्मचारीको तर्फबाट कार्यसम्पादनमा सहजता ल्याउने शिक्षा शाखा प्रमुख गुनाराम खनालले प्रतिवद्धता जनाउनुभयो । स्वागत कार्यक्रमको सञ्चालन आलेप शाखा अधिकृत यादव न्यौपानेले गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*