नारायणघाट–बुटवल सडकको भौतिक प्रगति ९१ प्रतिशत

खबरपथ संवाददाता
२ जेष्ठ २०८३, शनिबार १२:४६

काठमाडौं  लामो समय निर्माण अलपत्र परेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट – बुटवल सडकखण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको भौतिक प्रगति ९१ प्रतिशत पुगेको सडक विभागका महानिर्देशक डा विजय जैसीले जानकारी दिनुभयो । नागढुंगा–नौबिसे तथा नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अनुगमन गर्दै उहाँले सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो । महानिर्देशक डा जैसीले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको बताउनु भयो । उहाँका अनुसार हाल फिनिसिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*