पुर्व अर्थमन्त्री पौडेल ७ दिन थुनामा रहने
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल ७ दिन थुनामा रहने भएका छन्।
विशेष अदालतले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ। बिभागले अनुसन्धानका लागि २० दिन थुनामा राख्न समय माग गरेको थियो ।
विशेष अदालतका सदस्यत्रय नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई हिजो देखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका उपाध्यक्ष पौडेललाई पार्टी कार्यक्रममा गएको बेला हिजो सुर्खेतस्थित शुभ होटलबाट पक्राउ गरिएको थियो । उनलाई आज अपरान्ह स्थलमार्ग हुदैँ बिभागको ललितपुरस्थित कार्यालयमा लगिएको थियो ।
त्यसपछि माइतीघरस्थित सरकारी वकिलको कार्यालय हुदैँ बिशेष अदालतमा आज उपस्थित गराइएको थियो ।




















