पहिलो खेलमा पराजित क्रोयशियाको पानमा माथी पहिलो जीत
काठमाडौं । कप्तान लुका मोडरिचको कीर्तिमानी २००औं अन्तर्राष्ट्रिय खेलमा क्रोएसियाले पानामालाई पराजित गरेको छ ।
फिफा विश्वकप अन्तर्गत बुधबार बिहान क्यानडाको टोरन्टो फुटबल रंगशालामा सम्पन्न खेलमा क्रोएसिया १–० को जीत हासिल गर्न सफल भएको हो ।
पहिलो खेल गोलरहित बराबरी खेलिरहेको भए पनि दोस्रो हाफमा एन्टे बुडिमिरले गरेको गोल नै निर्णायक बन्न पुग्यो, उनले ५३औं मिनेटमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाउन सफल भएका थिए ।
त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरे पनि थप गोल भएन । पहिलो खेलमा पराजित भएको क्रोएसिया जीतपछि ३ अंक जोड्न सफल भएको छ भने समूह ‘एल’ मा तेस्रो स्थानमा रहेको छ ।
क्रोएसियाले अब अन्तिम खेलमा घानासँग खेल्नेछ र समूह चरण पार गर्न उक्त खेलमा निर्णायक हुनेछ । घानालाई पराजित गरेमा क्रोएसिया समूह एल को शीर्ष दुईमा रहेर नकआउट चरणमा प्रवेश गर्नेछ ।





















