पाँच पटक विश्व बिजेता ब्राजिल मोरोक्कोसँग बराबरीमा सिमित

खबरपथ संवाददाता
३१ जेष्ठ २०८३, आईतवार १०:०१

काठमाडौं । पाँच पाँचपटकको च्याम्पियन ब्राजिल बराबरीमा रोकिन बिवश भएको छ।

फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो पहिलो खेलमा मोरक्कोसँग १–१ को बराबरीमा रोकिन बिवश भएको हो ।

न्युयोर्कस्थित न्यु जर्सी रंगशालामा मोरक्कोले २१ औं मिनेटमा अग्रता लिएर ब्राजिल माथी सुरूमा नै दबाब बढाएको थियो । मोरक्काका लागि स्ट्राइकर इस्माइल साइबारीले पहिलो गोल गरेका थिए ।  तर, मोरक्कोको यो अग्रता धेरै बेर टिक्न सकेन । त्यसको १२ मिनेट पछि नै फरवार्ड भिनिसियस जुनियरले गोल गरेर बराबरीमा राखिदिए ।

दोस्रो हाफमा मोरक्कोले पोजेसनमा बलियो पकड बनायो तर गोलका लागि कुनै पनि सफलता हासिल गर्न सकेन भने ब्राजिलले पनि दोस्रो हाफमा कुनै ठूलो अवसर सिर्जना गर्न सकेन र अन्ततः खेल बराबरीमा सकियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*