हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

खबरपथ संवाददाता
३१ जेष्ठ २०८३, आईतवार ०९:५०

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत स्कटल्याण्डले पहिलो जित निकालेको छ।

भर्खरै सम्पन्न खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलले हराउँदै विजयी सुरुवात गरेको हो।

खेलको पहिलो हाफको २८ औं मिनेटमा जोन म्याकगिनले गरेको गोल नै स्कटल्याण्डका लागि निर्णायक गोल बन्न पुगेको हो ।

१९९८ पछि पहिलो पटक खेलेको स्कटल्याण्ड ३ अंक जोडन सफल भएको छ भने १९७४ पछि विश्वकपमा पुगेको हाइटी भने शुन्य अंकमा सिमित रहेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*