सुन चाँदी दुबैको बढयो मुल्य

खबरपथ संवाददाता
३१ जेष्ठ २०८३, आईतवार १२:०५

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ५५ रुपैयाँले वृद्धि भई ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*