इरान–इजरायल तनाव बढ्दा विश्व बजारमा तेलको भाउ उकालो

खबरपथ संवाददाता
२५ जेष्ठ २०८३, सोमबार १२:०४

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य एकै दिन ३ प्रतिशतभन्दा बढीले बढेको छ। मध्यपूर्वमा पुनः चर्किएको सुरक्षा संकटका कारण ऊर्जा आपूर्तिमा जोखिम बढ्ने अनुमानसँगै तेल बजारमा दबाब देखिएको हो।

ब्रेन्ट क्रुडको मूल्य ३.४० डलरले बढेर प्रतिब्यारेल ९६.४९ डलर पुगेको छ भने अमेरिकी डब्लुटीआई क्रुड ३.२५ डलरले वृद्धि हुँदै ९३.७९ डलर प्रतिब्यारेलमा कारोबार भएको छ। इरान र इजरायलबीचको सैन्य तनावले विश्व ऊर्जा बजारलाई प्रभावित बनाएको विश्लेषकहरूको भनाइ छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले इजरायलमाथिको क्षेप्यास्त्र आक्रमण आगामी एक सातासम्म जारी राख्ने चेतावनी दिएको छ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई प्रतिशोधात्मक कदमबाट रोक्न प्रयास गर्ने बताएका छन् र इरानसँग सम्झौताको सम्भावना रहेको दाबी गरेका छन्। यद्यपि इजरायली सैन्य नेतृत्वले आवश्यक आदेश प्राप्त भएमा थप आक्रमण जारी रहने संकेत दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*