सुनको मूल्य स्थिर, चाँदीमा गिरावट
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार स्थिर रहँदा चाँदीको भाउ भने ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूचीअनुसार सुन अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ।
महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको छ। यो मूल्य मंगलबारको तुलनामा कुनै परिवर्तन नभएको हो।
यता, चाँदीको मूल्य भने घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँले सस्तिँदै चाँदीको भाउ ५ हजार ३७० रुपैयाँमा झरेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा दैनिक रूपमा सुनचाँदीको मूल्य समायोजन हुँदै आएको छ। आज भने सुन स्थिर रहँदा चाँदीमा सामान्य गिरावट देखिएको छ।





















