सरकारलाई चेतावनी दिदैँ ओलीले भने, ‘सधै एउटै परिस्थीति रहदैन, उत्ताउलो नहुनुहोला’
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई उत्ताउलो नहुन चेतावनी दिएका छन् ।
राज्य संयन्त्र लागेर राजनीतिक दल र उनका समर्थकहरू माथी धरपकड जारी रहेको जनाउँदै ओलीले सरकार छाडातन्त्रमा लागेको समेत जनाएका छन् ।
‘अहिले राज्य संयन्त्र नै लागेर बिपक्षी दल माथी प्रहार भइरहेको छ, सबैभन्दा तिब्र प्रहार एमाले माथी भइरहेको छ, यो बुझ्न जरूरी छ,’ ओलीले भने, ‘तर, सरकारमा बस्नेहरूले बुझ्नु पर्छ कि सधै एउटै परिस्थीति रहदैन, उत्ताउलो नहुनुहोला, राणा शाषन ढले, पञ्चायती ब्यवस्था ढल्यो, शाही शाषन ढल्यो, यस्ता धेरै शाषन ढलेका छन तर अहिलेको यो अराजकतन्त्र लामो समय सम्म चल्न सक्दैन् ।’





















