लुम्बिनी प्रदेशका ४ मन्त्रीले दिए राजिनामा

खबरपथ संवाददाता
२० जेष्ठ २०८३, बुधबार १२:३८

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सामेल रहेका नेकपा एमालेका मन्त्रीहरूले  सामुहिक रूपमा राजीनामा दिएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष उनीहरूले सामूहिक रुपमा राजीनामा बुझाएका हुन् ।

भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालका अनुसार मुन्त्रीसहित एमालेका पाँच जना मन्त्री रहेका थिए, तीमध्ये चार जनाले आज सामुहिक राजीनामा दिएका हुन् ।

यसरी राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन् ।

लुम्बिनी प्रदेशमा लामो समयदेखि सरकार पुनर्गठनको कुरा चलिरहेको र आलोपालो सहमति अनुसार मुख्यमन्त्री पनि आफ्नो दलले पाउनु पर्ने कांग्रेसले अडान राखिरहेको बेला एमाले मन्त्रीहरूले सामुहिक रूपमा राजिनामा दिएका हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*