रबि लामिछानेलाई भाजपा मुख्यालयमा भब्य स्वागत

खबरपथ संवाददाता
१९ जेष्ठ २०८३, मंगलवार १५:४४

नयाँ दिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नयाँ दिल्लीमा भब्य स्वागत गरिएको छ ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नयाँदिल्ली पुगेका सभापति लामिछानेलाई यहाँ भब्य स्वागत गरिएको हो ।

उनी भाजपाको नयाँ दिल्लीस्थित मुख्यालय पुग्दा साँस्कृतिक झाँकी र पुष्पवृष्टीसहित स्वागत गरेर उनको उच्च सम्मान गरिएको हो ।

फुलको गुच्छासहित स्वागत गरिएका लामिछानेको भारत भ्रमणको क्रममा ठुला ठुला तस्विरसहितको होर्डिङ बोर्ड पनि सडकमा राखिएका थिए । भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नविनले उनकाे स्वागतमा कुनै कसर बाँकी राखेकाे देखिएन् ।

उनी ५ दिने भारत भ्रमणका लागि हिजो नयाँ दिल्ली प्रस्थान गरेका थिए । उनीसँगै पत्नी निकिता पौडेल तथा सांसदहरू दिपक बोहोरा र बिपिन आचार्य पनि साथमा रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*