आजको मौसम : पाँच प्रदेशमा मध्यमस्तरकाे बर्षा हुने
काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल र सुदुरपशचिम प्रदेशमा आंशिक बादल लागेको छ। मधेश प्रदेशको केहि स्थानहरूमा मध्यम वर्षा, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू(भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
राती भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको तराई, कोशी र बागमती प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





















