सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस
खबरपथ संवाददाता
५ आश्विन २०८२, आईतवार २०:३७
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चारमन्त्रीमा पत्रकार जगदीश खरेलको नाम सिफारिस गरेकी छिन् । उनले आइतबार राष्ट्रपति समक्ष खरेलको नाम सिफारिस गरेकी हुन् । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् ।






















