संघीय संसदका सांसदहरुको बायोमेट्रिक विवरण संकलन कार्य शुरु
काठमाडौं । संघीय संसदका सांसदहरुको बायोमेट्रिक विवरण संकलन कार्य शुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बिहीवारबाट सो कार्य शुरु भएको हो । अहिले संघीय संसदका विषयगत समितिहरु अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति, अर्थ समिति, विधायन व्यवस्थापन समितिका सांसदहरुको वायोमेट्रिक विवरण संकलन कार्य सकिएको छ । त्यसैगरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिका सांसदहरुको सो विवरण संकलनको काम भइरहेको पनि संघीय संसद सचिवालयले जनाएको छ ।





















