बुटवलमा ‘मञ्जिलाज एस्थेटिक एण्ड स्किन केयरको तेस्रो शाखा सञ्चालनमा
बुटवल । सौन्दर्य तथा छाला उपचारको सेवामा सक्रिय मञ्जिलाज एस्थेटिक एण्ड स्किन केयरले बुधबार बुटवलमा आफ्नो तेस्रो शाखा सञ्चालनमा ल्याएको छ । हाल भक्तपुरमा दुई शाखा सञ्चालन गर्दै आएको संस्थाले सेवा विस्तारको क्रममा बुटवललाई नयाँ गन्तव्यका रूपमा रोजेको हो।

बुटवल नेपालगञ्ज रोडस्थत लक्ष्मी मोहन कम्प्लेक्सको दोस्रो तलामा सञ्चालनमा ल्याईएको मञ्जिलाज एस्थेटिक एण्ड स्किन केयरकी संचालक मोनिका सुवेदीले आफनी आमाको हातबाट रिबन काटेर उत्घाटन गर्नुभएको थियो ।
विगत ६ बर्ष देखि निरन्तर सौन्दर्य तथा छाला उपचार क्षेत्रमा सक्रिय सुवेदीले थाइल्याण्ड, जापान र मलेसिया लगायत देशमा तालिम प्राप्त गरि अत्याधुनिक प्रविधी मार्फत सेवा दिईरहेको बताउँदै बुटवल शाखामा पनि सो अनुसारकै अत्याधुनिक स्तरको सुविधा प्रदान गरिने जानकारी दिनुभयो ।
संचालक सुबेदीका अनुसार उच्च स्तरको अनुहारको छाला परीक्षण गर्ने अत्याधुनिक मेसिन समेत जडान गरएिको र छाला सम्बन्धी विभिन्न समस्याको समाधान पनि गरिने बताउनुभयो । उहाँले विषेश गरि छाला कालो हुने, छायाँ–पोतो (पग्मिेन्टेसन), चाउरीपना लगायतका समस्या तथा कपालसम्बन्धी सबैखाले समस्याको समाधान गरिने जानकारी दिनुभयो। साथै, सौन्दर्य क्षेत्रमा सीप सिक्न चाहनेहरूका तालिम समेत सञ्चालन गरिने बताउनुभयो ।

सेवाको गुणस्तर सुनश्चिति गर्न डाक्टरबाट छाला परीक्षण गरिने ब्यवस्था गरिएको बताउनुभयो । साथै निकट भविष्यमा छाला बिषेसज्ञ समेत ल्याउने तयारी रहेको जनाएको छ।
करिब एक करोड रुपैयाँभन्दा बढी लगानी गरिएको मञ्जिलाज एस्थेटिक एण्ड स्किन केयरले उद्घाटनको अवसर पारेर ग्राहकका लागी बिशेष छुटको ब्यवस्था गरेको छ ।
आगामी दिनमा देशका अन्य प्रमुख सहरहरूमा सेवा विस्तार गर्ने लक्ष्य रहेको बताइएको छ ।





















