एकै दिन १० हजार ५०० रुपैयाँ घट्यो सुन

खबरपथ संवाददाता
५ असार २०८३, शुक्रबार १२:५०

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा शुक्रबार ठूलो उतारचढाव देखिएको छ। एकै दिन प्रतितोला १० हजार ५०० रुपैयाँ घटेसँगै सुनको भाउ दुई लाख ८६ हजार ७०० रुपैयाँमा झरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीअनुसार बिहीबार दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज सस्तिएको हो। चाँदीको मूल्य पनि घटेर प्रतितोला चार हजार ६४० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन यसको मूल्य चार हजार ९४५ रुपैयाँ थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*