प्रधानमन्त्रीले माफी माग्नु पर्ने भन्दै संसदमा उठेर बिपक्षीको बिरोध
काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले दिएको नेपालले पनि ‘भारतको भुमी मिचेको रहेछ’ भन्ने बिबादस्पद अभिब्यक्ति प्रति माफी नमागेको तथा संसदको रेकर्डबाट नहटाएको भन्दै उनीहरूले आज पनि उठेर बिरोध जनाएका हुन ।
प्रधानमन्त्री शाहले गत जेठ १७ गते दिएको बिबादस्पद अभिब्यक्ति पछि बिपक्षी दलहरूले निरन्तर बिरोध जनाईरहेका छन् तर संसदमा उपस्थित भएर प्रधानमन्त्री शाहले अझै पनि त्यसमा स्पष्टीकरण दिएका छैनन्, जसमा निरन्तर बिपक्षी दलले बिरोध जनाईरहेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बैठकको कारबाही प्रारम्भ गर्नेवित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । सिंहदरबारस्थित संसद् भवनमा बैठकमा विपक्षी दलहरू उठेर विरोध जनाउँदै आ आफ्नो धारणा राखिरहेका छन् ।





















