प्रधानमन्त्रीलाई संसद बैठकमा ल्याउन सभामुखले रूलिङ गर्नु पर्छ : नेकपा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको ‘सिमा सबन्धी बिबादस्पद अभिब्यक्ति’ रेकर्ड हटाउन माग गरेको छ ।
संसदको बैठकमा उपस्थित भएर प्रधानमन्त्री शाहले दिएको आफ्नो विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने चेतावनी समेत दिएको छ।
‘हामीले भनिरहेका छौँ यो संसद्को रेकर्डबाट, अभिलेखबाट यो शब्द हटाइयोस्, यतिका दिन भइसक्यो तर प्रतिफल अपेक्षित आएको छैन, त्यसैले गर्दाखेरि हामीले विरोध जारी राख्नुपरेको छ’, आजको बैठकमा बोल्दै नेकपाका सांसद प्रमेश हमालले भने, ‘हामीले विरोधको यो रूप यसैगरी गर्नुपर्ने हो कि परिवर्तन गर्नुपर्ने हो, सभामुखले यथाशीघ्र रुलिङ गर्नुपर्छ ।’





















