अष्ट्रेलियाको सानदार सुरूवात, टर्की माथी २-०को जीत

खबरपथ संवाददाता
३१ जेष्ठ २०८३, आईतवार १२:४०

काठमाडौं । विश्वकप २०२६ मा समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ ।

भर्खरै सम्पन्न खेलमा अस्ट्रेलियाले टर्कीमाथि २–० को जित हासिल गरेको थियो । अष्ट्रेलियाको जीतका लागि  नेस्टरी इरानकुन्डा र कनर मेटकाल्फले गोल गरेका थिए ।

भ्यान्कोभरको बिसी प्लेसमा इरानकुन्डाले २७ औं मिनेटमा अग्रता दिलाएको अस्ट्रेलियाका लागि मेटकाल्फले ७५ औं मिनेटमा गोल थप्दै तीन अंक पक्का गरेका थिए ।

समूह ‘डी’ मा अघिल्लो दिन आयोजक अमेरिकाले पाराग्वेमाथि ४–१ को प्रभावशाली जित हासिल गर्दै घरेलु प्रतियोगिताको सुखद सुरुआत गरिसकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*