परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

खबरपथ संवाददाता
३१ जेष्ठ २०८३, आईतवार ०९:५१

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आज उत्तरी छिमेकी मुलुक चीन प्रस्थान गरेका छन ।

समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको चार दिवसीय भ्रमणका लागि उनी आज बेइजिङतर्फ प्रस्थान गरेका हुन ।

परराष्ट्र मन्त्रालयका अनुसार चीनमा रहँदा मन्त्री खनालले आफ्ना समकक्षी वाङसँग नेपाल-चीन सम्बन्ध अझ सुदृढ बनाउने तथा आपसी सहकार्यलाई अझ सबल बनाउने सम्बन्धमा द्विपक्षीय वार्ता गर्नेछन् । साथै उनले चीनका उच्च अधिकारीहरूसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्।

यसैगरी, बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा मन्त्री खनाल सहभागी हुनाका साथै चिनियाँ उद्यमी व्यवसायीसँग पनि उनले छलफल गर्ने कार्यक्रम तय भएको छ ।

परराष्ट्रमन्त्री खनालको सम्मानमा दूतावासले एक स्वागत समारोह आयोजना गर्नेछ । मन्त्री खनाल आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*